FAQs Complain Problems

गाेलबजार नगरपालिकाकाे आठौँ नगरसभा सम्पन्न

मिति २०७९ पुस ३० गते शनिबार गाेलबजार नगरपालिकाकाे आठौँ नगरसभा सम्पन्न भएको छ । नगरसभाले नगरपालिकाकाे चालु आ.व. २०७९/८० काे अर्धवार्षिक भौतिक र आर्थिक प्रगति तथा राजस्व आयव्यकाे समीक्षा गरेकाे थियाे । साथै उक्त अर्धवार्षिक अवधिमा कार्यपालिका बैठकले गरेका निर्णयहरुलाई अनुमाेदन समेत गरेकाे थियाे । उक्त नगरसभाले शिक्षा, स्वास्थ्य, कृषि, मानसंसाधन विकास, भौतिक पूर्वाधार विकास निर्माण आदिका विभिन्न याेजनाहरु प्रस्ताव गरी सङ्घीय तथा प्रदेश सरकारमा पठाउने निर्णय गरेकाे छ । शुभारम्भ तथा शुभकामना सत्र र बन्द सत्रमा सञ्चालित एक दिवसीय नगरसभामा पूर्वमन्त्री तथा मानिय सांसद लिलानाथ श्रेष्ठ, संघीय तथा प्रदेश सरकारका नवनिर्वाचित माननीय सांसद, सभासद् र स्थानीय प्रमुख राजनीतिक दलका पदाधिकारीले शुभकामना मन्तव्य दिनुभएको थियाे ।