FAQs Complain Problems

समाचार

"खानेपानी तथा सरसफाइ आयोजनामा सौर्य पम्पिङ प्रणाली जडान" सम्झौता सम्बन्धमा

गोलबजार नगरपालिका वडा नं. ६ डोहटियामा रहेको "गोलबजार खानेपानी तथा सरसफाइ आयोजना"को टेङ्कीमा पानी तान्न र पानी वितरण गर्न "सौर्य पम्पिङ प्रणाली" जडान गरिने भएको छ । उक्त कार्यका लागि  नगर प्रमुख श्यामकुमार श्रेष्ठ र आरईआरएलका कार्यक्रम प्रबन्धक सतिस गौतमज्यूबाट एक समारोहमा हालै सम्झौता सम्पन्न भएको छ । यस परियोजनाको सञ्चालनबाट  नगरपालिका बजार क्षेत्रका करिब १६०० घरधुरीका लागि दैनिक ८ लाख लिटर खानेपानी उपलब्ध हुनेछ ।  APEC, UNDP र JUSTED को संयुक्त सहयोगमा सञ्चालन हुने उक्त परियोजनाको कुल लागत  रु.१,१२,४९,९९१ रहेको छ । यसमा गोलबजार नगरपालिकाले १०% हिस्सा व्यहोर्ने छ । उक्त सम्झौता समारोहमा लालबन्दी र ईश्वरपुर नगरपालिकाको समेत सहभागिता रहेको थियो ।