समाचार
मेलमिलाप सम्बन्धी आठ दिवसीय (४८ घण्टे) आधारभूत तालिम
मिति २०८०/०१/२९ गते देखी २०८०/०२/०५ गते सम्म जम्मा आठ दिन संचालन भएको मेलमिलाप कर्ता सम्बन्धि आधारभूत तालिमको उद्घाटन नगर प्रमुख श्यम कुमार श्रेष्ठज्यू र नगर उप-प्रमुख तथा न्यायिक समिति संयोजक मान्ती साहज्यूबाट संयु्क्त रुपमा मैनवती वाली भएको थियो । यस गोलबजार नगरपालिकाबाट ९ जना र नगरपालिका अन्तर्गतका १३ वटा वडाबाट एक पुरुष र एक महिला गरी जम्मा ३५ जनाको सहभागीतामा प्रशिक्षक द्वय श्री देवराज पोखरेलज्यू र विश्वेवर दासज्यूबाट तालिम संचालन गरिएको थियो। स्थानीय तहको न्यायिक समितिमा आउने मुद्दा वा विवादहरूलाई समाधान गर्न सक्ने गरी तालिम प्राप्त दक्ष मेलमिलापकर्ता तयार गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको थियो ।