समाचार
स्थानीय तहका विविध समसामयिक विषयमा भेटघाट र छलफल कार्यक्रम सम्पन्न
मिति २०७९ फाल्गुन २५ गते गोलबजार नगरपालिकाको नगर प्रमुख श्री श्याम कुमार श्रेष्ठज्यूको अध्यक्षता सिरहा जिल्लाका प्रमुख जिल्ला अधिकारी श्री भोजराज खतिवडाज्यूको प्रमुख आतिथ्य तथा नगर उपप्रमुख श्री मान्ती साह, जिल्ला प्रहरी प्रमुख श्री टेकु नन्द इवा लिम्वु, जिल्ला सशस्त्र प्रहरी प्रमुख श्री प्रमोद कुमार भारतीज्यूको आतिथ्यमा “स्थानीय तहका विविध समसामयिक विषयमा भेटघाट र छलफल कार्यक्रम” समपन्न भयो । ६५ भन्दा बढीको सहभागिता रहेको उक्त कार्यक्रममा प्रमुख जिल्ला अधिकारी श्री खतिवडाज्यूबाट नगरपालिकाले ध्यान दिनुपर्ने विभिन्न शिर्षक उपशिर्षकहरुका विषयहरुमा निर्देशन दिनुभएको थियो । यसै गरी उक्त कार्यक्रममा वडाध्यक्ष, कार्यपालिका सदस्य, शाखा प्रमुख कर्मचारीहरुले नगरपालिकाको कार्य प्रकिया र समस्याका बारेमा विभिन्न जिज्ञासाहरु राख्नु भएको थियो । प्रमुख जिल्ला अधिकारीज्यूले सहभागिहरुले राखेका जिज्ञासाहरुको बारेमा थप प्रष्ट पार्दै नगरपालिकाहरुले आगामी दिनमा थप सहयोग गर्दै जाने प्रतिबद्धता व्यक्त गर्नुभयो ।