समाचार
कृषि मिटर महशुल भुक्तानी चेक हस्तान्तरण
आज मिति २०८० पुष १९ गते नगर प्रमुख श्री श्याम कुमार श्रेष्ठ, नगर उप-प्रमुख श्री मान्ती साह, प्रमुख प्रशासकीय अधिकृत श्रीधर के.सी., नगर प्रवक्ता श्री संजित लामा,विभिन्न वडाका वडाध्यक्षज्यूहरु लगायत पत्रकारहरुको समउपस्थितिमा नगर प्रमुख श्री श्याम कमुार श्रेष्ठज्यूले "यस नगरपालिकाका २ देखि १३ वडाको किसानहरुको कृषि मिटर महशुल भुक्तानीको लागी नेपाल विद्युत प्राधिकरण मिर्चैया वितरण केन्द्रका प्रमुख श्री मनोज कुमार शर्मालाई चेक हस्तान्तरण गर्नु भएको छ । साथै, वडा नं. १ को लागि भुक्तानी प्रकिया अगाडी बढाई सकेको जानकारी गराउनु भयो ।